तोकिएको समयमा तीनै तहकोे निर्वाचन : देउवा

भक्तपुर न्यूज

७ चैत २०७३ ९:१७

तोकिएको समयमा तीनै तहकोे निर्वाचन : देउवा

भक्तपुर, ७ चैत्र । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राजनीतिक सहमतीमै तोकिएको समयमा तीनै तहकोे निर्वाचनको हुने बताएका छन् ।
नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजा प्रसाद कोईरालाको सातौं स्मृती दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले चुनावतर्फ देश अग्रसर भईसकेकाले अव चुनाव कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै राजनीतिक दलहरुको सहमतिमै तोकिएको समयमा निर्वाचन हुने बताए ।


उनले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आह्वान गर्दै निर्वाचन निष्पक्ष हुनेमा ढक्क हुन सबैलाई आग्रह समेत गरेका छन् ।
उनले तोकिएकै मितिमा निष्पक्ष र धाँधली रहित स्थानिय तहको चुनाव हुनेमा शंका नगर्न आग्रह गर्दै आफनो कार्यकर्तालाई चुनावका तयारीमा लाग्न निर्देशन दिए ।
उनले मधेशी मोर्चासँग संबिधान संशोधनको बिषयमा छलफल भईरहेको र एमालेसँग समेत संवाद भइरहेको भन्दै छिट्टै निकास निक्लने र देश निर्वाचनमय बन्नेमा कसैले शंका गर्नु नपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *