ठूलो रुख ढल्दा कम्तिमा २० को मृत्यु
एजेन्सी, ७ चैत्र । घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको मृत्यु भएको छ । घानाको ब्रोङ–अहाफोमा रहेको किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भिडमा रुख ढलेको हो ।
घटनास्थलमै १८ जना विद्यार्थीको मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको हो । घटनामा २० जना भन्दा धेरै घाइते भएका छन् । झरनाले बनाएको तालमा पौडी खेलिरहेका मानिसमाथि हावाहुरीका कारण रुख ढलेको सरकारी अधिकारीले बताएका छन् ।
घटना लगतै रुखमा च्यापिएका मानिसको उद्धारका लागि प्रहरी तथा उद्धारकर्मी खटिएको बिबिसीले जनाएको छ । घटनामा परि मृत्यु हुने र घाइते हुनेमा धेरै स्थानीय विद्यालयका विद्यार्थी रहेका छन् । त्यस्तै, केही पर्यटक पनि छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३