अभिनेत्री ऐश्वर्यालाई पितृ शोक

भक्तपुर न्यूज

६ चैत २०७३ ११:०७

अभिनेत्री ऐश्वर्यालाई पितृ शोक

एजेन्सी, ६ चैत । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका बुवाको निधन भएको छ। मुम्बईस्थित एक अस्पतालमा हिजो साँझ ऐश्वर्याका बुवा कृष्णराज रायको निधन भएको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कृष्णराज केही हप्ताअघि अस्पताल भर्ना भएका थिए।
उनी क्यान्सरबाट पीडित थिए। गत जनवरीमा पनि उनलाई अस्पताल भर्ना गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *