मोबाइल कल अब सस्तो
काठमाडौं ५ चैत। वैशाखदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’ अवधि लागू गर्ने निर्णय गरेको छ ।
जसअनुसार अब सबै टेलिफोन कम्पनीको पल्स अवधि समान हुनेछ यसबाट पल्स रेट खुम्चिएर कल सस्तो हुनेछ । यसको फाइदा भने उपभोक्ताले पाउने प्राधिकरणले जानकारी दिएको छ । पल्स भन्नाले टेलिफोन गर्दा पैसा काटिने समयावधिको इकाइ हो । पल्स अवधि धेरै हुँदा उपभोक्तालाई धेरै महसुल तिर्नुपर्छ भने कम हुँदा कल गर्दा काटिने रकम थोरै पर्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
