ट्रम्पको आरोप संसदबाट अस्वीकृत
एजेन्सी, ४ चैत । अमेरिकी सीनेटले राष्ट्रपति डोनल्ड ट्रम्पको फोन ट्यापिङ गराइएको भन्ने आरोप अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनद्वारा चुनाव प्रचारका क्रममा आफ्नो फोन निगरानीमा राख्ने गरेको आरोप लगाएका थिए । उक्त आरोप सीनेटको जासूसी मामला हेर्ने कमिटीले उक्त आरोप अस्वीकार गरेको हो ।
ट्रम्प टावरमा चुनाव पूर्व र पछि पनि कुनैखाले निगरानी गरिएको फेला नपरेको सीनेटको जासूसी मामला हेर्ने कमिटीका अध्यक्ष रिपब्लिकन सीनेटेर रिचर्ड बरले प्रष्ट गरे ।
यसअघि प्रतिनिधिसभाका सभामुख पल रायनले पनि फोन ट्याप गरिएको कुरा सत्य नभएको बताइसकेका थिए । पूर्व राष्ट्रपति ओबामा र उनको प्रशासनले पनि फोन ट्यापिङको आरोप अस्वीकार गरिसकका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४