विराटनगरस्थित म्याजिक चप्पलको कारखानामा भीषण आगलागी
काठमाडौं, ४ चैत । विराटनगरको टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । आज बिहान ४ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।
आगो नियन्त्रणका लागि राजविराज, दमक, धरान इटहरी विराटनगरका वरुण यन्त्रको सहयोगमा प्रहरी, नेपाली सेना र स्थानीयवासी जुटेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
