२० लाख अवैध भारुसहित चार पक्राउ
काठमाडौं, ३ चैत । प्रहरीले २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँसहित चार जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । भेरी अञ्चल कार्यालयबाट खटिएको बिशेष टोलीले गोप्य सूचनाको आधारमा नेपालगञ्जको धम्बोजी र घरबारी टोलबाट अवैध भारुसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
रकम रखरिद गर्ने दुई र बिक्री गर्ने दुईजनालाई बिशेष टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भेरी अञ्चल प्रहरीका एसएसपी महेश बिक्रम शाहले जानकारी दिए । प्रहरीले १३ लाख बढी भारुसहित सन्तोष राय र ६ लाख बढीभारुसहित राजेश कुम्हार लाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका अन्य दुईको पहिचान सार्वजनिक भएको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३