एसीसी इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

भक्तपुर न्यूज

२ चैत २०७३ ९:५४

एसीसी इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, २ चैत । चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधी वैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनौट समितिले अन्तिम टोलीको टुंगो लगाएको हो । स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ल र उपकप्तानको जिम्मा शरद भेषावकरलाई दिइएको छ ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् । शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *