तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित म्यानचेस्टरलाई चेल्सीले हरायो

भक्तपुर न्यूज

१ चैत २०७३ ६:१८

तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित म्यानचेस्टरलाई चेल्सीले हरायो

एजेन्सी १ चैत ।  तनावपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आफ्ना तीन स्ट्राइकर जाल्टन इब्राहिमोभिक, वायने रोनी र एन्थोनी मार्सलको अनुपस्थितिमा चेल्सीको स्ट्याम्पफोर्ड ब्रिजमा उत्रिँएको म्यानचेस्टरलाई त्यतिबेला गहिलो धक्का लाग्यो, जब पहिलो हाफको ३५ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर एन्डर हेरेरा पनि मैदान छोड्न बाध्य भए।

पहिलो हाफको खेल सकिन १० मिनेट बाँकी हुँदा रेफ्रिले दिएको यो निर्णयको विषयमा ठूलो विवाद भएको थियो। चेल्सी प्रशिक्षकबाट गत अक्टोबरमा बर्खास्त भएपछि पहिलो पल्ट स्ट्याम्पफोर्ड ब्रिजमा बलियो प्रतिद्वन्दी बोकेर आएका जोसे माउरिन्हो अस्वभाविक रुपमा आक्रामक बनेका थिए। टच लाइनमा उनी रेफ्रिसँग मात्र होइन, प्रतिद्वन्दी चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेसँग मुखामुख पनि लागे।

चेल्सीका लागि ५१ मिनेटमा एनगोलो कान्टेले विजयी गोल गरे। चेल्सीको एफए कपमा यो २२ औं सेमिफाइनल प्रवेश थियो। अब ब्लुजले सेमिफाइनल खेल टोटेनहामसँग खेल्नु पर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *