भक्तपुरमा लाइसेन्सको ट्राइल सुरु हुँदै

भक्तपुर न्यूज

१ चैत २०७३ ६:१५

भक्तपुरमा लाइसेन्सको ट्राइल सुरु हुँदै

भक्तपुर १ चैत । भक्तपुरमा यातायात ब्यवस्था बिभागले लामो सयय देखि भक्तपुरमा कार्यालय सञ्चालनमा ल्याएता पनि प्राबिधिक कारणले सवारी चालका प्रमाण पत्र बितरण प्रत्रिया सुरु गर्न सकेको थिएन । तर सबै चाँचो पाँचो मिले पश्चात यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले सोमबारदेखि नयाँ स्मार्ट लाइसेन्स अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको हो।

कार्यालयल झन्डै दुइ महिना पछि सवारी चालक प्रमाण पत्र दिन थालेको कार्यालयका प्रमुख अनोज घिमिरेले आगामी जानकारी दिए । उनले भने शुक्रबार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा सञ्चालन गरी शनिबार प्रयोगात्मक परीक्षा लिइने तयारी भइरहेको छ ।

कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर सेवा सुरु गरी सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दै आएको थियो।
सर्वोच्च अदालतले निजी ट्रायल सेन्टरमा कार्यालयले ट्रायल लिन नपाउने आदेश दिएपछि विभागले आफ्नै सेन्टरमा सञ्चालन गर्ने भएको छ। घिमिरेले भने– तत्कालका लागि यातायात अनुमतिपत्रको ट्रायल परीक्षा दुई पाङ्ग्रेको हकमा यातायात व्यवस्था विभागको आफ्नै ट्रायल सेन्टरमा र चार पाङ्ग्रेका लागि नेसनल टेडिङ पुतलीसडकको ट्रायल सेन्टरमा व्यवस्था गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *