एमालेको मेची महाकाली अभियान अन्तर्गत आज बाँके र बर्दियामासभा
काठमाडौं १ चैत । नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज बाँके र बर्दियामा कार्यक्रम हुँदै छ । एमालेले आज बाँकेको नेपालगन्जमा र त्यस पछि बर्दियाको गुलरियामा सभा गर्न लागेको जनाएको छ ।
दुवै कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्ने छन् । एमालेले सप्तरी घटनापछि प्रदेश नम्बर दुईका सम्पूर्ण कार्यक्रम स्थगित गरी हेटौँडाबाट पुन अभियान थालेको हो ।
स्थानीय तहको चुनाव संविधान कार्यान्वयन लगायत विषयमा जानकारी दिन एमालेले मेची महाकाली अभियान चलाइरहेको जनाएको छ । अब कैलाली कन्चनपुर र सुर्खेत गरी आज सहित ८ स्थानमा सभा हुन बाँकी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । गत २१ गतेबाट झापाको काँकडभिट्टाबाट सुरु भएको एमालेको अभियान कञ्चनपुर हुँदै सुर्खेतमा पुगेर आगामी ५ गते सकिने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
