रोनाल्डोको नाममा हेडिङ गोलको अर्को कीर्तिमान
एजेन्सी ३० फागुन । रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा हेडिङबाट ४६ पल्ट गोल गर्ने अर्को कीर्तिमान बनाएका छन्। उनी हाल ला लिगा खेलिरहेका अन्य खेलाडीमध्ये टाउकोको सहयोगले सर्वाधिक गोल गर्ने खेलाडी बन्न पुगेका छन्।
रोनाल्डोल ४१ मिनेटमा मार्सेलोको क्रसमा रियल बेटिसविरुद्ध गोल गर्दै स्पेनिस ला लिगामा हेडद्धारा ४६ पल्ट गोल गर्न सफल भएका थिए। यही गोलका कारण म्याड्रिडले पहिलो हाफको खेललाई १–१ को बराबरीमा ल्याएको थियो।
रोनाल्डोभन्दा अघि टाउकोले सर्वाधिक गोल गर्ने खेलाडी एट्लेटिको बिलबाओका स्ट्राइकर आरिट्ज अडुरिज थिए। हाल ला लिगा खेलिरहेका आरिट्जले टाउकोले ४५ गोल गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३