रंगना हेर्थाको नाममा बलिङको नयाँ कीर्तिमान

भक्तपुर न्यूज

२९ फागुन २०७३ ८:१०

रंगना हेर्थाको नाममा बलिङको नयाँ कीर्तिमान

एजेन्सी २९ फागुन । श्रीलंकाका रंगना हेर्था टेस्ट क्रिकेटमा ‘लेफ्ट आर्म’ स्पिनरको रुपमा सबैभन्दा सफल बलर बन्न पुगेका छन्।  ३८ वर्षिय हेर्थाले गाले टेस्टमा बंगलादेशलाई २ सय ५९ रनले पराजित गर्ने क्रममा आफूलाई ‘लेफ्ट आर्म’ स्पिनरको बादशाह बनाए। उनले न्युजिल्यान्डका डानियल भिट्टोरीको कीर्तिमानलाई भंग गरेका हुन्।

यसअघि भिट्टारी टेस्टमा ३ सय ६२ विकेट लिँदै सबैभन्दा सफल ‘लेफ्ट आर्म’ स्पिनर बनेका थिए। हेर्थाले ७९ टेस्टमा ३ सय ६६ विकेट पुरा गरेका छन्। उनले बंगलादेशविरूद्ध ९ विकेट लिएका थिए,जसमा दोस्रो इनिङमा ६ विकेट समावेश छ।

उनको अगाडि अब पाकिस्तानका ‘लेफ्ट आर्म’ तीब्र बलर वासिम अक्रमको कीर्तिमान रहेको छ। वासिमले टेस्टमा ४ सय १४ विकेट लिएका छन्। दोस्रो इनिङमा ६ विकेट लिएका हेर्थाले एउटै इनिङमा २९ पल्ट ५ भन्दा बढि विकेट लिने अस्ट्रेलियाका ग्लेन म्याग्राको कीर्तिमानको बराबरी गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *