आर्सनलको घरेलु मैदानमा २ सय खेलको जित
एजेन्सी २९ फागुन । आर्सनलले आफ्नो घरेलु इमिरेट्स रंगशालामा २ सय खेल जित्ने इतिहास बनाउने क्रममा एफए कपअन्तर्गत लिङ्कन सिटीलाई ५–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। शनिवार इमिरेट्समा ३ सय खेल खेलेको आर्सनलका लागि थिओ वाल्कटले पहिलो हाफको ४५ पछि थप गरिएको १ मिनेटमा गोल गरे। दोस्रो हाफमा वाटरफलको आत्मघाती गोलको कारण गनर्सले ४ गोल थप्यो।
गिराउडले ५३ मिनेटमा गरेको गोलको तीन मिनेट पछि नै वाटरफलले आत्मघाती गोल गरेका थिए। यस्तै, एलेक्सेस सान्चेजले ७२ र राम्सेले ७५ मिनेटमा गोल गरे। खेल अगाडि प्रशिक्षक आर्सने वेङ्गरको राजीनामा माग गर्दै घरेलु समर्थकले पम्पलेट देखाएका थिए।
लिगमा समावेश नभएको लिङ्कनका ९ हजार समर्थक आफ्नो टोलीको विजय यात्रा हेर्न लन्डन पुगेका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३