उपत्यकामा आज विषेश सुरक्षा सतर्कता

भक्तपुर न्यूज

२९ फागुन २०७३ ७:३७

उपत्यकामा आज विषेश सुरक्षा सतर्कता

काठमाडौं २९ फागुन । होलीलाई मध्यनजर गर्दै प्रहरीले आज उपत्यकामा विषेश सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उपत्यकामा ठूलो संख्यमा प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

होलीमा कुनै अप्रिय घटना हुन नदिन तथा हुलहुज्जत हुनसक्ने गल्ली गल्लीमा बसेर असहिष्णु गतिविधि गर्न सक्ने भन्दै उपत्यकाका विभिन्न स्थानमा सादा तथा बर्दीका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यलयले जनाएको छ । यसैबीच सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज उपत्यकाका ४ सय स्थानमा सुरक्षा चेकजाँच हुँदैछ । सुरक्षा जाँचमा बर्दीधारी प्रहरीका साथै टाफिक प्रहरीको पनि सहभागिता रहनेछ ।

होलीलाई मर्यादित बनाउनका लागि एकिकृत सुरक्षा योजना सहित प्रहरी परिचालन गरिएको छ । होलीमा कसैले जबरजस्ती रङ लगाउने तथा लोला हानेमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि आग्रह गरेको छ । यस्तै क्षमता भन्दा बढी यात्रु चढाउने, हेलमेट नलगाउने जस्ता विकृति रोक्न आज बिहानैदेखि कडाई गरिएको महानगरीय ट्राफिक महाशाखाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *