होलीमा उपत्यकामा एक हजार प्रहरी परिचालन

भक्तपुर न्यूज

२६ फागुन २०७३ १०:३९

होलीमा उपत्यकामा एक हजार प्रहरी परिचालन

काठमाडौं, २६ फागुन । आगामी आइतबार मनाइने होली पर्वमा उपत्यकाको सुरक्षाका लागि एक हजार परिचालन गरिने छ । काठमाडौं प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरेर होलीमा १ हजार प्रहरी परिचालन गरिन लागेको जानकारी दिएको हो ।
होली सुरक्षा अन्तर्गत उपत्यकाका १ सय ७ स्थानमा पिकेट, स्ट्राइकिङ लगायतको चेकिङ हुने एसएसपी छबिलाल जोशीले बताए । ८ देखि १० स्थानमा डिएसपीको टोली नै खट्ने उनले बताए । चन्दा उठाउने, लोला हान्ने, जर्वजस्ती रंग र अबिर दल्नेलाई सार्वजनिक मुद्दा चलाइने एसपी प्रद्युम्नकुमार कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *