सप्तरीमा मानव अधिकार आयोगकी प्रवक्ता चढेको गाडीमा आक्रमण

भक्तपुर न्यूज

२६ फागुन २०७३ ८:०८

सप्तरीमा मानव अधिकार आयोगकी प्रवक्ता चढेको गाडीमा आक्रमण

काठमाडौं, २६ फागुन । सप्तरी घटनाका पीडितले राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्त मोहना अन्सारी चढेको गाडीमा आक्रमण गरेका छन्। अन्सारीसहितको मानव अधिकार आयोगको टोली आज सप्तरी घटनाको अनुगमन गर्न सप्तरी गएको थियो।
सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाहरुले मलेठ नजिकै आयोगको बा ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको शिशा फुटेको छ ।
गाडीमा आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी र पूर्व क्षेत्रीय निर्देशक झंगरबहादुर रावल सवार थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
यसअघि सोमबार पनि राजविराजमा नै प्रदर्शनकारीले आयोगको गाडीमा तोडफोड गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय