च्याम्पियन्स लिगमा बार्सिलोनाको उत्कृष्ट पुनरागमन

भक्तपुर न्यूज

२६ फागुन २०७३ ५:४८

च्याम्पियन्स लिगमा बार्सिलोनाको उत्कृष्ट पुनरागमन

एजेन्सी, २६ फागुन । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इतिहास बनाएको छ । अन्तिम १६ को पहिलो लेगमा ४–० ले पराजित भएर पनि दोस्रो लेगमा शानदार पुनरागमन गर्दै अन्तिम ८ मा पुगेर बार्सिलोनाले इतिहास बनाएको हो ।
अन्तिम १६ को दोस्रो लेग अन्तर्गत गएराति घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ला लिगा क्लब बार्सिलोनाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ६–१ ले हराउँदै समग्रमा ६–५ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा बार्सिलोना पिएसजीसँग ४–० ले हारेको थियो । दोस्रो लेगमा बार्सिलोनालाई शानदार पुनरागमन गराउने क्रममा नेइमारले दुई तथा लियोनल मेस्सी, लुइस स्वारेज र सर्गी रोबर्टोले गोल गरे । पिएसजीका लेविन कुर्जावाले आत्मघाती गोल गरे । पिएसजीका लागि एडिसन काभानीले एक गोल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *