आफ्नो देशमाथि प्रतिबन्ध लगाउने देशलाई भिसा नदिने इजरायलको घोषणा

भक्तपुर न्यूज

२४ फागुन २०७३ ७:२६

आफ्नो देशमाथि प्रतिबन्ध लगाउने देशलाई भिसा नदिने इजरायलको घोषणा

एजेन्सी फागुन २४ । इजरायलको संसद्ले आफ्नो देशमाथि प्रतिबन्ध लगाउने र त्यस्तो प्रतिबन्धलाई समर्थन गर्ने जुनसुकै देशका नागरिकलाई पनि भिसा नदिने कानुन पारित गरेको छ ।
नयाँ कानुन अनु्सार इजरायलमाथि प्रतिबन्ध लगाउने देशका नागरिकलाई भिसा परमिट दिइने छैन । यद्यपी कानुन कहिलेदेखि लागू हुन्छ भन्नेबारे स्पष्ट नपारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त कानुनले प्यालेस्टायनी नेतृत्वको समर्थन गर्ने समूह मारमा पर्ने बताएको छ । यता प्यालेस्टायन समर्थकले भने इजरायलको यो निर्णयको विरोध गरेका छन् । इजरायलमा कार्यरत प्यालेस्टायनीहरुको संख्या उल्लेख्य रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *