म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

भक्तपुर न्यूज

२३ फागुन २०७३ ६:३८

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

एजेन्सी, २३ फागुन । म्यानचेस्टर सिटी फेरि इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो ।
सिटीको जितमा सर्जियो अग्युरो र लिरोय सेनले गोल गरे । ४२ औं मिनेटमा अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटीले १–० को अग्रता लियो । ५९ औं मिनेटमा सेनले गोल गर्दै सिटीको २–० को जित सुनिश्चित गर्‍यो ।
जितपछि सिटी २६ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । ५२ अंक भएको लिभरपुल चौथो स्थानमा झरेको छ । एक खेल बढी खेलेको टोटनइह्याम ५६ अंकसहित दोस्रो स्थानमा कायम छ । २७ खेलबाट १९ अंक मात्रै जोडेको सन्डरल्याण्ड पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *