म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो
एजेन्सी, २३ फागुन । म्यानचेस्टर सिटी फेरि इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो ।
सिटीको जितमा सर्जियो अग्युरो र लिरोय सेनले गोल गरे । ४२ औं मिनेटमा अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटीले १–० को अग्रता लियो । ५९ औं मिनेटमा सेनले गोल गर्दै सिटीको २–० को जित सुनिश्चित गर्यो ।
जितपछि सिटी २६ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । ५२ अंक भएको लिभरपुल चौथो स्थानमा झरेको छ । एक खेल बढी खेलेको टोटनइह्याम ५६ अंकसहित दोस्रो स्थानमा कायम छ । २७ खेलबाट १९ अंक मात्रै जोडेको सन्डरल्याण्ड पुछारमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३