इंल्याण्डले वेष्ट इन्डिजलाई ४ विकेटले हरायो

भक्तपुर न्यूज

२३ फागुन २०७३ ६:२६

इंल्याण्डले वेष्ट इन्डिजलाई ४ विकेटले हरायो

एजेन्सी, २३ फागुन । वेष्ट इन्डिजसँगको दोस्रो एक दिवसीय क्रिकेट जितेर इंग्ल्याण्डले तीन एक दिवसीय श्रृँखला आफ्नो पक्षमा पारेको छ । एन्टिगुआमा भएको दोस्रो एक दिवसीयमा इंल्याण्डले घरेलु टोली वेष्ट इन्डिजलाई ४ विकेटले हराएको हो ।
दुई सय २६ रनको लक्ष्य भ्रमण टोली इंग्ल्याण्डले ४८ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । इंग्ल्याण्डका जोए रुटले नटआउट ९०, क्रिस वोक्सले नटआउट ६८ तथा ज्यासन रोयले ५२ रन बनाए । वेष्ट इन्डिजका एश्ली नुर्सेले तीन तथा देवेन्द्र विशूले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर दुई सय २५ रन बनाएको थियो । उसका लागि ज्यासन मोहमदले ५०, क्रेग ब्रेथवेटले ४२ तथा जोनथन कार्टरले ३९ रन बनाए । इंग्ल्याण्डका लिएम प्लुन्किट्टले तीन तथा स्टीवन फिन्न र अदिल रशिदले दुई दुई विकेट लिए । पहिलो एक दिवसीयमा इंग्ल्याण्ड ४५ रनले विजयी भएको थियो ।
तीन एकदिवसीयको शृंखलाअन्तर्गत पहिलो खेल पनि इङ्ल्यान्डले जितेको थियो। तेस्रो खेल बार्बोडसमा विहिबार हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *