बाग्मति सफाईमा सहयोगी हात नेपाल
काठमाडौं, २३ फागुन । लामो सयय देखि बागमती सफाई अभियान जारी रहेका बेला पछिल्लो समयमा सफाईको महाअभियानमा यूवा विद्यार्थीहरुको समेत ब्यापक सहभागिता सकारात्मक रहेको छ । विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौमा रहेका यूवाहरु संगठित भई अभियानमा सघाउन शुरु गरेका हुन् ।
सहयोगी हात नेपाल नामक संस्था गठन गरेका युवा विद्यार्थीहरुका सहभागितामा सफाई अभियानलाई जारी राखेका छन् । सामथ्र्य अनुसारको सहयोग र सफाई अभियानलाई निरन्तरता दिने उद्देश्य लिएका युवाहरुले आफ्नो गच्छे अनुसार सामाजिक काममा समेत हात बढाउँदै आएको संस्थाका अध्यक्ष राम प्रसाद भण्डारीले बताए ।
संस्थाले असाहय र असक्तहरुलाई सक्दो सहयोग गर्दै आएको जानकरी दिँदै संस्थाका महासचिब अमृत आचार्यले भने बिभिन्न जिल्लाबाट काठमाडौंलाई कार्य थलो बनाई बसोबास गर्दै आयका युवाहरुको सक्रियतामा संस्थाको गच्छे अनुसार सामाजिक काममा युवाहरुलाई परिचालन गरेका छौं ।
संस्थाको मुख्य उद्देश्य सडक बालबालिकाको उत्थान रहेता पनि बिभिन्न सामाजिक कार्यमा युवाहरु क्रियाशिल रहेको महासचिब आचार्यले जानकारी दिए । आफ्नै गोजीबाट आर्थिक संकलन गरि सामाजिक काममा लागेको र संस्थामा १६ सदस्य रहेको महासचिब आचार्यले जानकारी दिए ।