आज नेप्से बढ्यो
काठमाडौं, २२ फागुन । साताको पहिलो दिन आज नेप्से २५ अंकले बढेको छ। २४ दशमलव ९ अंकले उक्लिएर नेप्से १३ सय ५४ अंकमा कायम भएको छ। यस दिन कारोबार रकम पनि बढेको छ। १ सय ४१ कम्पनीको ११ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ६१ करोड १ लाखको कारोबार भयो।
अन्य झिनो अंकमा घटे पनि अरु सबै समूह बढेका छन्। बैंकिङ २३, होटल ४७, विकास बैंक २४, जलविद्युत १७, फाइनान्स ७, बिमा २२६ र उत्पादन समूह २१ अंकले बढे।
कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा रह्यो। कम्पनीको ८ करोड ४४ लाखको कारोबार भएको छ। मूल्य बढेर प्रतिकित्ता ३ सय ९९ पुगेकामे छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५३ लाखको कारोबार भयो भने मूल्य बढेर प्रतिकित्ता २४ सय १५ पुगेको छ।
आरएसडिसी, नेरुड लघुवित्त, एनबि इन्स्योरेन्सको मूल्य ९ प्रतिशत बढीले बढेको छ। पोखरा फाइनान्सको मूल्य साढे ८ प्रतिशतले बढ्यो। गुहेश्वरी मर्चेन्ट बैंकको मूल्य सबैभन्दा बढी ३ प्रतिशतले घट्यो।