सिके राउतलाई थप २० दिन थुनामा राख्न अदालतको आदेश

भक्तपुर न्यूज

२२ फागुन २०७३ ९:४९

सिके राउतलाई थप २० दिन थुनामा राख्न अदालतको आदेश

सिरहा, २२ फागुन । राज्य विरुद्धको अपराध आरोपमा पक्राउ परेका डाक्टर सिके राउतलाई जिल्ला अदालत सिरहाले चौथो पटक म्याद थप गर्दै थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
नेपाल राष्ट्र विखण्डन गर्ने गरी स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा पक्राउ गरी राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा प्रहरीले पक्राउ गरि उनीमाथि अनुसन्धान गरिरहेको छ । धनुषाको जनकपुरमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा पहिलो पटक गत माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो । प्रहरीलाई राउतविरुद्ध थप अनुसनधानका लागि अदालतले दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन म्याद थपेको थियो भने चौथो पटक आज २० दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले जानकारी दिए ।
सिरहामा भएको कार्यक्रममा देश टुक्र्याउने सार्वजनिक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई माघ २० गते पक्राउ गरेको थियो । उनले नेपाल राष्ट्रलाई टुक्र्याउने भन्दै स्वतन्त्र मधेस गठबन्धन बनाएर त्यसको संयोजकका रुपमा काम गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *