सपना देख्थेँ सँधै बोलको गीतको भिडियो सार्वजनिक
काठमाडौं, २२ फागुन । चर्चित गायक सुगम पोख्रेलको स्वर रहेको सपना देख्थेँ सँधै बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक सुगमलाई श्रेया सोताङले स्वरमा साथ दिएको गीत लिएर सङीतकार जिवेश शेढाईं पुन सांगीतिक क्षेत्रमा आगमन गरेका हुन् । उनले करिब आठ बर्ष अगाडी गायिका श्रुती सिँह ठकुरीको चर्चित गीत तिमी गर या नगरबाट संगीतकारको रुपमा राम्रो परिचय बनाएका थिए ।
चर्चित फोटोग्राफर श्रीधर पौडेलले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र भावना पुनको अभिनय रहेको छ। पछिल्लो पुस्ताका युवाहरुलाई लक्षीत गरि बनाइएको भिडियोबाट सङीतकार जिवेश निकै उत्साहित रहेको बताएका छन् । जसको बजार ब्यबस्थापन भाइब्स क्रियसनले गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०