७४४ नै बनाइने स्थानीय तहको संख्या

भक्तपुर न्यूज

२२ फागुन २०७३ ९:३१

७४४ नै बनाइने स्थानीय तहको संख्या

काठमाडौं २२ फागुन । स्थानीय तहको संख्या फेरि ७४४ नै बनाइने भएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाए आजै मन्त्रिपरिषद्ले पास गरेर निर्वाचन आयोगमा पठाउने छ । पाण्डे नेतृत्वको कार्यदलले शुक्रबार नै १० जिल्लामा १९ स्थानीय तह थप्ने प्रस्ताव गरेको थियो, जस अनुसार प्रदेश नम्बर २ मा मात्र १७ थपिने थियो र देशभरमा कुल ७३८ स्थानीय तह बन्ने थियो ।

तर, माओवादी र कांग्रेसबीच स्थानीय तहको संख्या ७४४ नै बनाउने समझदारी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मधेसमा ४ र पहाडमा दुई थप्ने सहमति भएको छ । यो संख्या बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले दिएको अधिकतम सीमा हो । स्थानीय विकासमन्त्री पाण्डे नेतृत्वको कार्यदलले त्यसअनुसार गृहकार्य गरिरहेको स्रोतको दाबी छ ।

पौडेल आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो । तर, मधेसी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारले अध्ययनका लागि कार्यदल गठन गरेको थियो ।कार्यदलले प्रदेश नम्बर २ मा केही संख्या बढाउन सुझाव दिएपछि त्यसको गृहकार्य गर्ने जिम्मा पनि मन्त्रीहरुकै कार्यदलले पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *