दैलेख पर्यटन महोत्सवमा तस्विर प्रर्दशनी
दैलेख, २२ फागुन । दैलेखमा क्रियाशिल चार वटा सञ्चार माध्यमले आयोजना गरेको दैलेख पर्यटन महोत्सवमा दैलेखका पर्यटकीय स्थलको तस्विर प्रर्दशनी गरिएको छ। फोटो पत्रकार एव समृद्ध मध्यपश्चिमका अभियान्ता भरतबन्धु थापाले कैद गरेका २५ वटा दैलेखका पर्यटकीय क्षेत्रको तस्बिर प्रर्दशनी गरेको हो।
धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जिल्ला भएर पनि पर्यटकको रोजाईमा पर्न नसकेको पर्यटकीय स्थलहका प्रचार प्रसार गर्न तस्बिर प्रदर्शनी आयोजना गरेको महोत्सव आयोजक समितिका संयोजक बिष्णु शर्माले बताए। फोटो प्रर्दशनीमा बाईसे चौबेसे राज्य अन्तर्गतको शितकालीन राज्य दुल्लुमा रहेका ऐतिहासीक मठ, मन्दिर, पार्टी पौवा, दरबार तथा दैलेखको पन्चकोशी, नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, लगायत दैलेखमा मनाइने संस्कृतिका तस्बिरहरु छन् । दैलेख जन्मथलो भएका पत्रकार थापाले मध्यपश्चिमका पर्यटकीय स्थलको प्रचार प्रसार गर्न मध्यपश्चिमका पन्धै जिल्लाका पर्यटकीय स्थलका तस्बिरहरुको प्रर्दशनी गरिसका छन् ।
थापाले यसअघि सुर्खेत, बाँके, तथा काठमाडौंमा समेत प्रर्दशनी गरिसकेका छन्।