सिरियाली सेनाको विमान टर्कीमा दुर्घटनाग्रस्त
एजेन्सी, २२ फागुन । सिरियाली सेनाको लडाकु विमान टर्कीको सीमा नजिक दुर्घटनाग्रस्त भएको छ । सिरिया र टर्कीको सीमामा लडाकु जेट दुर्घटना भएको टर्कीका अधिकारीले बताएका छन् । आर्मीलाई उद्धृत गर्दै सिरियाको सरकारी टेलिभिजनले लडाकु जेटको हवाई सेनासँग सम्पर्क टुटेको जनाएको छ । लडाकु जेटका पाइलटको खोजी भइरहेको टर्कीका प्रधानमन्त्री बिनाली यिल्दिमिरिमले बताए । सिरिया सरकारसँग संघर्ष गरिरहेका इस्लामिक समूहले विमान आक्रमण गरी खसालिएको दाबी गरेका छन् ।
अहरार अल–शामले एक भिडियो ट्वीट गरेको छ, जसमा विमानलाई निशाना बनाएको देखाइएको छ । इडलिब प्रान्तको उत्तरी क्षेत्रमा विमानलाई लक्षित गरी बम आक्रमण भएको अल–शामका प्रवक्ता अहमद काराएलीलाई उद्धृत गर्दै टर्कीको सरकारी समाचार संस्था एनाडोलुले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००