रियल मड्रिडको प्रभावशाली जित
एजेन्सी, २२ फागुन । स्पेनिस ला लिगामा गएराति भएको खेलमा रियल मड्रिडले एइबरलाई ४–१ ले हरायो । एइबरको मैदानमा भएको खेलमा रियल मड्रिड क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना नै खेलेको थियो । रोनाल्डो चोटका कारण तथा बेल प्रतिबन्धका कारण मैदान बाहिर थिए ।
रियललाई जिताउन करिम बेन्जिमाले दुई तथा जेम्स रोड्रिग्वेज र मार्को एसेनसियोले एक एक गोल गरे । एइबरका लागि रुबेन पेनाले एक गोल फर्काए । जितपछि दोस्रो स्थानको रियल मड्रिडको २६ खेलबाट ५९ अंक भएको छ ।
राति नै भएको खेलमा सेल्टा डि भिगोलाई ५–० ले हराएको शीर्ष स्थानको बार्सिलोनाको ६० अंक छ । बार्सिलोनाले एक खेल बढी खेलेको छ । राति भएका अरु खेलमा भिल्लारियलले स्पानियोललाई २–० तथा लेगानेसले ग्रनाडालाई १–० ले हरायो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०