प्रशिक्षक बर्खास्त गरेको लेस्टरको अर्को प्रभावशाली जित

भक्तपुर न्यूज

२२ फागुन २०७३ ५:५५

प्रशिक्षक बर्खास्त गरेको लेस्टरको अर्को प्रभावशाली जित

एजेन्सी, २२ फागुन । क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिका खेलमा लेस्टर सिटीले लगातार जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साबिक विजेता लेस्टरले हल सिटीलाई ३–१ ले हरायो । लेस्टरले कार्यबहाक प्रशिक्षक क्रेग शेक्सपिएरको प्रशिक्षणमा खेलका लगातार दोस्रो खेलमा यो दोस्रो जित हो ।
लेस्टरका लागि क्रिष्टियन फुच्स र रियाद महरेजले गोल गरे भने हल सिटीका टम हड्डल्सटनले आत्मघाती गोल गरे । खेलमा अग्रता भने हल सिटीले लिएको थियो । १४ औं मिनेटमा साम क्लुकसले गोल गर्दै हल सिटीलाई अग्रता दिलाए । २७ औं मिनेटमा फुच्सले लेस्टरका लागि बराबरी गोल गरे । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५९ औं मिनेटमा महरेजले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । ९० औं मिनेटमा हड्डल्सटनले आत्मघाती गोल गरेपछि लेस्टर ३–१ ले विजयी भयो ।
जितपछि लेस्टर २७ खेलबाट २७ अंकसहित १५ औं स्थानमा छ । २१ अंकसहित हल सिटी पुछारबाट दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *