प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमाा तिमिल्सिना विजयी

भक्तपुर न्यूज

२२ फागुन २०७३ ५:४९

प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमाा तिमिल्सिना विजयी

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा जगत तिमिल्सिना विजयी भएका छन् । प्रतिस्पर्धी प्रकाशमान प्रधानलाई ४ सय २१ मतले हराउँदै तिमिल्सिना नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
तिमिल्सिनाले ६ सय ८९ र प्रधानले २ सय ६७ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा पृथ्वीविक्रम राई, उपाध्यक्षहरुमा प्रदेश नम्बर १ बाट शैलेन्द्र शिवाकोटी, २ बाट डा. अनिल यादव, ३ बाट विष्णुप्रसाद गौतम, ४ बाट कमल सापकोटा, ५ बाट टंक भट्टराई, ६ बाट प्रेम थापा, ७ बाट जगन्नाथ जोशी र उपत्यका उपाध्यक्षमा कृष्णकान्त पराजुली विजयी भएका छन् ।
त्यस्तै, महासचिवमा राजेन्द्र गौतम, सचिवमा जनकरत्न मल्ल र विष्णुप्रसाद पोखरेल तथा कोषाध्यक्षमा सविना श्रेष्ठ विजयी भएका छन् ।
संघको सदस्यमा पनि तिमिल्सिना समूहका सबै उम्मेद्वार विजयी भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । ३९ सदस्यीय कार्यसमिति रहेपनि ६ जना मनोनित हुने भएकाले ३३ जनाका लागि हिजो झण्डै १२ सय प्रतिनिधिले मतदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *