मिस नेपाल पिस २०७३ को उपाधि सनम थापामगरलाई

भक्तपुर न्यूज

२२ फागुन २०७३ ५:३५

मिस नेपाल पिस २०७३ को उपाधि सनम थापामगरलाई

काठमाडौं, २२ फागुन । मिस नेपाल पिस २०७३ को उपाधि ललितपुर नर्सिङ्ग क्याम्पसकी सनम थापामगरले जितेकी छिन् । विगत वर्षहरुमा मिन नर्स नेपाल नामबाट सञ्चालन हुदै आएको कार्यक्रम नेपाल नर्सिङ्ग काउन्सिलले विरोध गरेपछि यो वर्षबाट मिस नेपाल पिसबाट सञ्चालन भएको हो ।
यसैगरी, मिस नेपाल पिस २०७३ को फस्ट रनर अफको उपाधि ओम हेल्थ क्याम्पसकी सपना छन्त्यालले हात पारिन भने हेल्दी होम नेपालमा कार्यरत नर्स एरी श्रेष्ठले सेकेन्ड रनर अफ हुन सफल भईन् ।
नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनको सहकार्य तथा नेक्स्ट मोडेल्स नेपालको आयोजनामा भएको सो नर्सहरुको प्रतियोगितामा अन्तिम २८ प्रतिष्पर्धीलाई पछि पार्दै सनमले उपाधि जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा नेप्कोन्स ब्युटि वीथ ब्रेन सनम थापामगर, नोबेल मोस्ट ट्यालेन्ट सपना छन्त्याल, ग्याष्ट्रो वेष्ट पर्सनालिटी एनि चौलागाँइ, लुजा मोष्ट चार्मिङ्ग स्वत लामा गुप्ता, आवरण वेष्ट स्किन सिजर्ना डिसी, आवरण वेष्ट हेएर निशा राइ, एसएसएम डि वेष्ट नर्सिङ्ग थिम ड्रेस सविना लामा, पब्लिक प्रेस निरुषा खड्का, क्रियटिभ मष्ट फोटोजेनिक निषा पाण्डे, वेष्ट वाक सोनम डोल्मा शेर्पा, मोष्ट डिसिप्लीन्ट सुमन सिन्तकला, मष्ट पपुलर एलिसा डंगोल , नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशन सोसिएल्ली रेष्पोन्सिबल रोेजि श्रेष्ठले हात पार्न सफल भएका थिए ।
नेक्ष्ट मोडल्स नेपालका कार्यकारी प्रमुख रवि धमलाले नर्सहरुको व्यक्तित्व विकासका साथै उनीहरुको कार्यको कदर गर्दै नर्समा भएको प्रतिभा प्रष्फुटनको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले नर्सहरुले बिरामी हेर्नुकासाथै अन्य विषयमा पनि क्षमतावान हुन्छन् भन्ने उदाहरण दिनका लागि वर्षेनी मिस नेपाल पिसको आयोजना गरिएको बताए ।
कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शिला बर्माले मिस नेपाल पिस प्रतियोगिताले नर्सहरुमा भएको प्रतिभालाई प्रष्फुटन गर्न सहयोग मिल्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *