मेसीले फ्रिमा खेल्छु भने पनि आफ्नो क्लबबाट खेलाउदिन

भक्तपुर न्यूज

२० फागुन २०७३ ६:२१

मेसीले फ्रिमा खेल्छु भने पनि आफ्नो क्लबबाट खेलाउदिन

एजेन्सी २० फागुन । टर्कीको दोस्रो श्रेणीको क्लब अल्टिनोर्डुका अध्यक्षले विश्व फुटबलका प्रभावशाली स्ट्राइकर लिओनल मेसीको विषयमा चकित पार्ने एउटा अभिव्यक्ति दिएका छन्। उनले बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकरले आफ्नो क्लबमा बिना पैसा खेल्ने प्रस्ताव राखे आफूले त्यसलाई अस्विकार गर्ने प्रतिक्रिया दिएका छन्।

अल्टिनोर्डु क्लब पछिल्लो समय आफ्नै युथ एकेडेमीमा उत्पादन भएका केही प्रभावशाली खेलाडीका कारण चर्चामा छ। क्लबले आफ्नो युवा परियोजनाअन्तर्गत एकेडेमीमै तयार पारेका खेलाडीहरूलाई खेलाइरहेको छ र रोचक कुरा, क्लबमा २१ वर्ष माथिका कुनै खेलाडी छैनन्।

क्लब अध्यक्ष, मेहमेट सेयित ओज्कानले मेसीलाई फ्रिमा आउछुभन्दा पनि नल्याउने आफ्नो भनाईलाई प्रस्ट्याए, ‘म क्लबमा आफूले लागु गरेको योजनालाई भत्काउन चाहन्नँ। उनले क्लबलाई युवा टर्कीस खेलाडीमा विश्वास भएको बताए। त्यसैले आफूले उनीहरूलाई नै मौका दिने स्पष्ट पारे। ‘हाम्रो योजना सुपर लिगमा पुग्ने छ र सन् २०२३ मा युरोपियन प्रतियोगिता खेल्ने छ, जुन क्लबको सयौं वार्षिकत्सव पनि हो,’ ओज्कानले क्लबको वेभसाइटमा भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *