घ्याम्पे डाँडाको सार्वजनिक जग्गामा स्थानियको रजाँई

भक्तपुर न्यूज

२० फागुन २०७३ ६:१२

घ्याम्पे डाँडाको सार्वजनिक जग्गामा स्थानियको रजाँई

भक्तपुर । घ्याम्पे डाँडा पछिल्लो समयमा उपत्यका लगायत आसपासका स्थानियहरुका लागि उचित आन्तरिक पर्यटनको गन्तब्य बनेको छ । तर यस स्थानमा भएको सार्वजनिक जग्गा अतिक्रमणतर्फ सरोकारवालहरुकै मिलेमत्तोका कारण सकिने क्रममा छ ।
अन्नतलिंगेश्वर नगरपालिका वडा नं १३ स्थित सार्वजनिक जग्गा केही कर्मचारीको आम्दानीको स्रोत बन्दा जग्गा अतिक्रमणले ब्यापकता पाएको गुण्डु कार्की गाँउका राम कार्की बताउँछन् । उनी भन्छन्, घ्याम्पे डाँडामा भएको सार्वजनिक जग्गा नगरपालिकाका कर्मचारीको आर्थिक लेनदेनका कारण ब्यक्तिगत जग्गामा परिणत बन्दै गएको छ । त्यस्तै उनी प्रति प्रश्न गर्छन्, सार्वजनिक जग्गामा घर बनाउँन स्विकृति दिने नगरपालिकाको कामलाई सामान्य रुपमा हेर्दा पनि जो कसैले भन्न सक्छ आर्थिक चलखेलकै कारण यस क्षेत्रको सार्वजनिक जग्गा ब्यक्तिको पोल्ठामा परेका हुन् ।
चार किल्ला समेत प्रमाणित हुन नसक्ने उक्त स्थानको सार्वजनिक जग्गामा धमाधम घरहरु निर्माण भईरहेको अर्का स्थानिय बिकास बस्नेत भन्छन्, अन्नतलिंगेश्वर नगरपालिकाका केही कर्मचारीले राम्रै आम्दानी गरेकै कारण सार्वजनिक जग्गा मिचेर भवन निर्माण भईरहेको र नक्सा समेत आर्थिक मोलमोलाईमै पास हुने गरेको छ । नगरपालिकाका एक कर्मचारी नाम उल्लेख नगरिदिने शर्तमा भन्छन्, राजनीतिक पहुँचकै आधारमा कानुन बिपरित गएर सार्वजनिक जग्गामा भवन निर्माणको स्विकृति दिने गरिएको छ भने नक्सा पास गर्दा मोटो रकमको चलखेल समेत हुने गरेको छ ।
सार्वजनिक जग्गा मिचेर भवन निर्माण हुँदा समेत सरोकारवालाहरु तैं चुप मैं चुप हुनुको पर्दा पछाडि आर्थिक चलखेल भएको घ्याम्पे डाँडाका एक स्थानिय बताउँछन् । उनी भन्छन्, अधिक जसोले घ्याम्पे डाँडामा रहेको प्रति जग्गा कब्जा गरि उपभोग गरिरहेका छन्, तर पनि कहिँ कतैबाट हाल सम्म कारवाहि भने हुन सकेको छैन । उनी भन्छन्, पछिल्लो समय पुर्खौ देखि बस्दै आएका र पछि मौलाउँदो जग्गाको खरिद बिक्रिसँगै यस क्षेत्रको सार्वजनिक जग्गा अक्रिकमणमा परेको हो ।
एक तामाठ्ठ थरका स्थानिय भन्छन्, यस क्षेत्रमा बनेका केही घरहरुले ९० प्रतिशत सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् । अच्चम्मको कुरो त तिनै घरको नक्सा पास भएको छ, यो कसरी हुन सक्छ । परापुर्वकालदेखि सार्वजनिक रहेका पोखरी र मान्छे हिँडडुल गर्ने बाटो समेत ब्यक्तिले अतिक्रमण गरि घर बनाएका छन् र तिनको नक्सा समेत मोटो रकम खाएर मिलाएको उनको दावी छ ।
त्यस्तै, भू–माफियाको चपेटाबाट झनै पिल्साईमा परेका छन्, घ्याम्पे डाँडाका सार्वजनिक जग्गा । सार्वजनिक जग्गा भएको आसपासको जग्गा खरिद गर्ने र हड्प्ने कामले समेत तिव्रता पाएको एक स्थानिय नाम उल्लेख नगरिदिने शर्तमा बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *