सिरियाको पल्माइरा शहर सरकारी नियन्त्रणमा
एजेन्सी, २० फागुन । सिरियाको सरकारी सेनाले ऐतिहासिक पाल्माएरा शहर आफ्नो नियन्त्रणमा लिएको छ । विद्रोही समूह इस्लामिक स्टेट आइएसको कब्जामा रहेको शहर सरकारी सेनाले आफ्नो नियन्त्रणमा लिएको हो । सरकारी सेनाले प्राचिन र ऐतिहासिक शहर पाल्माएराबाट आइएसलाई लखेटेको दाबी गरेको छ ।
युनेस्कोको सूचीमा परेको यो पुरातात्विक शहर कब्जामा लिँदै आइएसले केही भाग नष्ट समेत गरेको थियो । पाल्माएरामा प्राचिन महत्वका भग्नावशेष रहेको युनेस्कोले जनाएको छ । एक वर्ष अघि पनि रुसी वायु सेनाको सहयोगमा यो शहरबाट सिरियाली सेनाले आइएसलाई लखेटेको थियो । तर फेरि पछि आइएसले कब्जा जमाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
