बलिउड नायिका आलिया भट्टलाई ज्यान मार्ने धम्की
एजेन्सी, १९ फागुन । बलिउड नायिका आलिया भट्टलाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ गरेका छन् । नायिका आलियालाई ज्यान मार्ने धम्की दिएको आरोपमा उत्तर प्रदेशका २४ वर्षीय सन्दिप साहुलाई पक्राउ गरेको भारतीय प्रहरीले जानकारी दिएको छ ।
मुम्बई पुलिसलाई उद्धृत भारतीय सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार पक्राउ परेका साहुले आफूलाई ग्याङका लिडर रहेको बताएका छन् ।
आलियाको बुवा निर्देशक महेश भट्टलाई उनले फाने गरेर ५० लाख मागेका थिए । ५० लाख नदिए आलिया भट्टलाई मार्ने धम्की दिएका थिए । सुरुमा महेशले उक्त कुरालाई ध्यान दिएका थिएनन् । पछि उनलाई सामजिक सञ्जाल मार्फत पनि छोरी आलिया र श्रीमती सोनीमाथि गोली चलाउने धम्की दिएका थिए । उक्त व्यक्तिले लखनऊको एक बैंकमा पैसा जम्मा गर्न भनेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५