स्ववियु चुनाव हारेपछि नेविसंघकी नेतृले गरिन् आत्महत्या
काठमाडौं, १९ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् । फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । हिजो भएको स्ववियु चुनावमा उनी अध्यक्ष पदमा पराजित भएपछि आत्महत्या गरेकी हुन् । अनेरास्वियुका उम्मेद्वार प्रतिष्ठा कार्कीसँग उनले हार व्यहोरेकी थिइन्।
उनले फेदीखोला–९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । टिनले छाएको घरको माथिल्लो तलामा उनले सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी इन्स्पेक्टर सुनिल प्रधानका अनुसार उनको सुसाइड नोट पनि भेटिएको छ । र, त्यसमा आफ्नो मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख गरेकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००