श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरिने

भक्तपुर न्यूज

१९ फागुन २०७३ ८:५५

श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरिने

भक्तपुर, १९ फागुन । परम्परागत नृत्य तथा वाध्य गुरु एवँ जीवित साँस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरिने भएको छ । आज पत्रकार सम्मेलन गर्दै सो जानकारी गराइएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा फगुन २१ गते मध्यपुर थिमिस्थित बिभिन्न १०१ वटा सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा उनलाई थिमी बालकुमारी मन्दिर प्राङ्गनमा नागरिक अभिनन्दन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । उक्त दिन बिहान ११ बजे उनको निवास बाखा बजारबाट परम्परागत बाजागाजा, साँस्कृतिक नृत्य र झाँकी सहित बाहाखा बजार देखि कार्यक्रम स्थल बालकुमारीमा ल्याउने कार्यक्रम रहेको पत्रकार समेलनमा जानकारी गराइएको हो ।
समारोहममा मूल समारोह समितिको तर्फबाट प्रकाशित नागरिक अभिनन्दन स्मारिका, श्रीगोपाल प्रजापतिको तस्बिर अङ्ककित चाँदीको सिक्का र श्रीगोपालको आत्मवृतान्त अनवरत सांस्कृतिक पाईला पुस्तकको समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । युवा अवस्था देखि हालसम्म पनि परम्परागत नाचहरु, साँस्कृतिक बाजाहरुको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन कार्यलाई निरन्तरता दिदै नेपाल राष्टलाई उनले योगदान दिदै आएका छन् ।
श्रीगोपाल प्रजापति भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नंम्बर ७ चपाचो निवासी बुबा सिद्धीलाल प्रजापति र आमा लक्ष्मी माया प्रजापतिका छोरा हुन् । बि.सँ.१९८७ मा जन्मनु भएका श्रीगोपाल प्रजापति ६ बर्षको उमेरमा सास्कृतिक नाचमा कलाकार भएर शुरु गर्नु भएको यात्रा हाल सास्कृतिक नाच र सांस्कृतिक बाजाहरुको गुरु तथा परम्परागत नाचहरु, साँसकृतिक बाजाहरुको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन कार्यलाई हालसम्म निरन्तरता दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *