संरक्षणको पर्खाइमा खेलमैदान
। कुमार प्याकुरेल ।
दैलेख, १९ फागुन । दैलेखमा रहेको एकमात्र खेलमैदान, जो अहिले संरक्षणको पर्खाइमा छ । यत्रतत्र छरिएर राखिएका काठहरु, व्यक्तिगत प्रयोजनका लागि थुपारिएका निर्माण सामाग्रीहरुले साच्चिकै खेलमैदान बिग्रेको छ ।
जिल्ला प्रशाशन कार्यालय दैलेखको स्वामित्वमा रहेको १३९ मि.लम्बाई र ३७(५५ मि.चौडाई रहेको उक्त खेलमैदान जिल्लामा हुने खेलकुदका सम्पुर्ण गतिबिधि सगंसगै सभा समारोह, महोत्सव जस्ता जिल्लामा हुने ठुला ठुला कार्यक्रमहरु उक्त खेलमैदानमा सञ्चालन हुदै आएका छन् । जिल्लाकै एकमात्र खेलमैदान जो जिल्लाकै एउटा गहनाको रुपमा रहेको मैदान आज संरक्षणको पर्खाइमा रहेको छ । साबिकको खेलमैदान अहिले घट्दै आईरहेको छ, चारैतिरबाट खेलमैदान अतिक्रमण हुदै आईरहेको छ । अनाबश्यक रुपमा थुपारिएका सामानहरुले जिल्लामा हुने खेलकुद लगायत अन्य गतिबिधिहरु हुन नसकिरहेको अवस्थामा समेत जिम्मेवार निकाय मुखदर्शक भएर बसेको छ ।
जिल्ला प्रशाशन कार्यालय दैलेखको स्वामित्वमा रहेको खेलमैदानको यस्तो हालत हँुदा समेत सम्वन्धित निकाय किन मौन छ ? यसको संरक्षण गर्नु के जिम्मेवार निकायको दायित्व होईन ? भन्ने जिज्ञासामा जिल्ला प्रशाशन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री भन्छन् समय समयमा हेरफेर गर्ने गरेको तर निमार्ण सामाग्रीहरु थुपारेको जानकारी आफुलाई नभएको बताउछन् ।
त्यस्तै, जिल्लाको एकमात्र खेलमैदानको यस्तो अवस्था हुँदा के यसले खेलकुद क्षेत्रमा असर परेको छैन भन्ने जिज्ञाशामा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तिर्थ नारायण श्रेष्ठ भन्छन् जिल्लाको एकमात्र खेलमैदानको यस्तो हालतले जिल्लामा रहेका खेलाडीहरु समेत बिस्थापित भईरहेको र सम्रग जिल्लाको भविष्यको लागि सम्वन्धित निकायले सोचिदिनु पर्ने बताउँछन् ।
जिल्ला सदरमुकाममा अवस्थित जिल्लाकै गहनाको रुपमा रहेको एकमात्र खेलमैदान आज संरक्षणको पर्खाईमा छ । जिल्लामा हुने खेल गतिबिधि सँगसँगै अन्य कार्यक्रमहरुमा प्रत्यक्ष असर पारिरहेको छ । जिल्लाको एक मात्र खेल मैदानलाई संरक्षण तथा जगेर्ना गर्ने तिर सम्वन्धित निकायको ध्यान जरुरी देखिन्छ ।