भक्तपुर क्याम्पसमा नेक्राविसंघ र सानोठिमीमा अखिल क्रान्तिकारी सभापतिमा निर्वाचीत
भक्तपुर, १९ फागुन । स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचनमा भक्तपुरमा बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघको संयुक्त प्यानलले जीत हासिल गरेको छ । उता सानोठिमी शिक्षालय क्याम्पसमा भने अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानलले जीत हासिल गरेका छन् ।
भक्तपुर बहुमुखी क्याम्पसमा संयुक्त प्यानलबाट दिनेश खड्गीले ५ सय २३ मत ल्याएर स्ववियू सभापति निर्वाचित भएका छन् भने खड्गीका प्रतिपस्धी अखिलका दिपक विष्टले ३ सय ७ मत ल्याएर पराजय भोगेका छन् ।
त्यस्तै, भक्तपुर बहुमुखी क्याम्पसको सचिवमा बिवेक लामिछाने, कोषाध्यक्षमा मिलन गणेजु निर्वाचीत भएको क्याम्पस निर्वाचन समिति संयोजक शेरसिंह रैखोलाले जानकारी दिएका छन् । भक्तपुर बहुमुखी क्याम्पसमा सदस्यहरुमा क्रमश विकल कुसी, झरना बोहरा, रिजना ग्वाछा, किशोर गोसाई, पुकार पराजुली, सुदिप घोरासैनी र विनीता रिजाल निर्वाचीत भएका छन् ।
त्यसैगरी सानोठिमी शिक्षालयम क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानलका रमेश खड्काले ४ सय ६६ मत प्राप्त गरेर सभापतिमा विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी अखिलका लालबहादुर रोकायाले ३ सय ११ प्राप्त गरी पराजय ब्यहोरेको जनाइएको छ । संयुक्त प्यानलबाटै रामबहादुर केसी र पार्वती शर्माले क्रमश सचिव र कोषाध्यक्ष पदमा विजयी भएका छन् ।
समानुपातिका भने भक्तपुर क्याम्पसमा नेक्राविसंघले ३ सय ५० मत, नेविसंघले २ सय ५३ मत र अनेरास्ववियूले २ सय ५१ मत प्राप्त गरेका छन् । त्यसैगरी सानोठिमी शिक्षालय क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानलले ४ सय ६४ र अखिलले २ सय ५३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।