बस र ट्रक ठोक्किँदा २३ घाइते

भक्तपुर न्यूज

१९ फागुन २०७३ ८:०३

बस र ट्रक ठोक्किँदा २३ घाइते

दाङ, १९ फागुन । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन्।
घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने पाँच गम्भीर घाइतेलाई अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।
तुलसीपुरबाट यात्रु बोकेर नेपालगन्जतर्फ जाँदै गरेको रा१ख ९४१ नंको बस र नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको से१ख १२८७ नंको ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।
रा१ख ९४१ नंको बसका सहचालक तुलसीपुर–१९ कै ३८ वर्षीय गोविन्द शर्मा, मानपुर–२ निवासी ७७ वर्षीय केशरबहादुर खड्का, पञ्चकुले–४ निवासी ७४ वर्षीय भीमबहादुर बुढाथोकी र पञ्चुकले–४ कै ६५ वर्षीया कलावती बुढाथोकी, किरण चौधरीको अवस्था गम्भीर रहेको राप्ती अञ्चल अस्पताल प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *