म्यानचेस्टर सिटी ५–१ ले विजयी

भक्तपुर न्यूज

१९ फागुन २०७३ ५:१८

म्यानचेस्टर सिटी ५–१ ले विजयी

एजेन्सी १९ फागुन । म्यानचेस्टर युनाइटेडमा यसै सिजन अनुबन्धित भएका जोसे माउरिन्होले गत साता आफ्नो क्लबलाई इङलिस फुटबल लिग कपको उपाधि दिलाएका थिए। तर, बार्सिलोनाबाट वायर्न म्युनिख हुँदै म्यानचेस्टर सिटीमा यसै सिजन आवद्ध अर्का प्रशिक्षक पेप ग्वार्डिओलाले भने आफ्नो नयाँ इङ्लिस क्लबलाई कुनै उपाधि दिलाउन सकेका छैनन्।

च्याम्पियन्स लिगको नकआउट चरणमा गत साता उनको क्लबले राम्रै प्रदर्शन गरेको थियो। तर, घरेलु लिगमा राम्रो सुरुवात गर्दा गर्दै क्लबको प्रदर्शन त्यति सन्तोषजनक छैन्।

यसैको कमजोरीलाई बिर्साउन म्यानचेस्टर सिटीले बुधबार राती भएको एफए कपको पाँचौ चरणको खेलमा हुडरफिल्ड टाउनलाई एकलौटी ५–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। गत महिना पुरै अवधि बेन्चमा थन्किएका अर्जेन्टिनी स्ट्राइक सर्गियो अगुइरोले फेरि दुई गोल गरेपछि सिटी खेल अवधिभर पुरै प्रभावशाली देखिएको थियो।

हुडरफिल्डका लागि हयारी बुनले ७ मिनेटमै गोल गरेर सिटीलाई स्तब्ध पारेका थिए। तर, लेरोय सानेले ३० मिनेटमा गोल फर्काउदै खेललाई १–१ को अवस्थामा पुर्याएका थिए। ३५ मिनेटमा अगुइरोले पेनाल्टीमार्फत र पाब्लो जाबालेटाले ३८ मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफको खेलमा ३–१ को अग्रता राखेको थियो।

अगुइरोले रहीम स्टर्लिङको पासमा ७३ मिनेटमा अर्को गोल थपेका थिए। अन्तिम गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका केलेची इहान्चोले ९० पछि थप गरिएको १ मिनेटमा गरे।
सिटीले क्वाटरफाइनलमा प्रिमियर लिगको प्रतिद्वन्दी मिडलसब्रोर्गसँग खेल्नु पर्नेछ। खेल मार्च ११ मा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *