२० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

भक्तपुर न्यूज

१८ फागुन २०७३ ९:१७

२० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं १८ फागुन । सरकारले आजबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएके छ । थोत्रा गाडी वातावरण प्रदूषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारक बनेको भन्दै उपत्यकाबाट हटाउन सञ्चालनमा रोक लगाईएको हो ।

यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारीसाधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रवक्ता टोकराज पाण्डेले २० वर्ष नाघेका कालो नम्बर प्लेट भाडा का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो आजदेखि स्वतः अवैधानिक हुने बताए । उपत्यकामा २० वर्ष नाघेका झन्डै २ हजार ५ सय सार्वजनिक सवारीसाधन रहेको विभागको अनुमान छ ।‘२० वर्ष पुराना गाडीको रुटपरमिट र दर्ता नवीकरण म्याद सकिएकाले ती गाडी सडकमा निकाल्नु गैरकानुनी भएके भन्दै प्रवक्ता पाण्डेले अब थोत्रा गाडी सडकमा निकाल्न नपाईने बताए ।

२०७१ भदौ १९ को मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो । २०७१ फागुन १८ गतेको राजपत्रमा २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय छापिएको थियो । यातायात व्यवस्था विभागले २०७३ मंसिर २२ गते सार्वजनिक सूचना निकालेर २० वर्ष पुराना सवारीसाधन २०७३ फागुन १८ बाट उपत्यकाभित्र सञ्चालनमा पूर्ण रोक लगाउन पत्राचारसमेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *