भारतीय टोलीले सोधे : तपाईहरुको केवाइसीमा कतिको कडाई छ ?
१८ फागुन, काठमाडौं । बुधवार बिहान नेपाल बैंकर्स एशेसिएशनको अधिकारीसँगको भेटमा नोटबन्दीमा परेको ५ सय र १ हजारको भारु नोट सटहीको समस्या सुल्झाउन आएको टोलीले पनि ग्राहक पहिचानमा अपनाइएको प्रणालीमै चासो देखाएका छन् ।
‘वहाहरुले ग्राहक पहिचान प्रणाली ९नो योर कस्टमररकेवाईसी० चासो देखाउँनु भएको थियो, हामीले यो प्रणाली अवलम्बनमा यहाँ भारतमा भन्दा कडाई रहेको जानकारी दिएका छौं,’ बैकर्स एशोसिएशनका उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले भने । एशासिएशनबाट अध्यक्ष र अर्का उपाध्यक्ष लगायतको प्रतिनिधित्व भने बैठकमा नरहेको उनीहरुले जानकारी दिएका छन् । बैंकरपछि भारतीय टोलीले गभर्नर र डेपुटी गभर्नरसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । भारतबाट त्यहाको कन्द्रीय बैंकको मुद्रा व्यवस्थापन बिभाग र नियमन बिभागका अधिकारी मंगलबार नेपाल आएका हुन् ।
यो टोलीले नै भारु सटहीको निर्णय भने गर्नेछैन् । यो टोली भारत फर्केपछि यहाको अध्ययन प्रतिवेदन पेश गर्ने छ । त्यही प्रतिवेदनको आधारमा निर्णय हुने सम्भावना छ । नेपाल बसाईपछि यो टोली भार सटहीकै विषयमा छलफल गर्न भुटान जाने भएको छ । भारतले सम्पत्ती शुद्धिकरण र ग्राहक पहिचानको बिषयमा चासो राख्दै आएको छ । यद्यपी हालै भारतको एक फर्म र नेपालको नेशनल बैंकिङ इन्स्टिच्युटले गरेको २३ वाणिज्य बैंक र बिकास बैंकलाई नमुना लिएर गरेको एक अध्ययनमा सम्पत्ती शुद्धिकरण बिरुद्धको प्रणालीको कार्यान्वयन कमजोर रहेको प्रतिवेदन बुझाएको थियो ।