संसद बैठक आगामी फागुन २७ गते सम्मका लागि स्थगित

भक्तपुर न्यूज

१८ फागुन २०७३ ८:३२

संसद बैठक आगामी फागुन २७ गते सम्मका लागि स्थगित

काठमााडौं १८ फागुन । व्यवस्थापिका ÷ संसद्को भोलिका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारणले भोलीको बैठक स्थगित गर्नु परेको जनाएको छ ।
संसदको अर्को बैठक आगामी फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ । संसदमा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो ।
असन्तुष्ट पक्ष मधेसी मोर्चाको मागको संबोधनका लागि भन्दै सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् ।
सभामुख ओनसरी घर्ती उहाँका पति पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा जानु भएको छ । दलहरुबीच संविधान सशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा उहाँ तुरुन्त स्वदेश फर्कन सक्ने उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *