आज निर्वाचन नभएका क्याम्पसमा दुई वर्षपछि मात्र : त्रिवि निर्वाचन संयोजक त्रिपाठी
भक्तपुर, १८ फागुन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षााध्यक्ष डा. सुधा त्रिपाठीले आज निर्वाचन हुन नसेकका क्याम्पसमा अबको दुई वर्षपछि मात्र निर्वाचन हुने बताएकी छन् ।
रफत सञ्चार क्लवमा आज भएको साक्षातकार कार्यक्रममा बोल्दै निर्वाचन समिति संयोजक डा. त्रिपाठीले आज देशभरी निर्वाचन भएको जानकारी गराउँदै स्थगित भएका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन हुने जानकारी दिइन् ।
उनले उपत्यकाका ७ वटा र उपत्यकाबाहिरका १५ वटा क्याम्पसमा निर्वाचन भइरहेको बताउँदै त्रिवि निर्वाचन समितिले आज निर्वाचन नभएका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन गर्ने स्पष्ट पारिन् । उनले क्याम्पसले विद्यार्थी संगठनसँग आन्तरिक सहमतिमा स्ववियू निर्वाचन गर्न सकिएतापनि त्रिवि निर्वाचन समितिले भने अब दुई बर्ष सम्मका लागि स्थगित भएका स्थानको निर्वाचन नगर्ने बताईन् ।
उनले आजबाट निर्वाचन समितिको औचीत्य समाप्त हुने र दुई वर्षपछि मात्र निर्वाचन हुने जानकारी दिइन् । संयोजक त्रिपाठीले आज १८ गतेपछि २०७५ फागुन १८ अगाडि कुनै पनि क्याम्पसमा स्ववियू निर्वाचन हुँदैन् भन्दै उनले भनिन् निर्वाचनको वारतवरण तयार पार्न जसरी सबै पक्ष लागेको थिए त्यसै गरि बिथोल्ने काममा पनि प्रतिबद्धता जनाएकाहरुले पालना नगर्दा केही स्थानमा अवरोध भएको जानकारी दिइन् । स्ववियू निर्वाचन आचारसंहिता विद्यार्थी नेता र संगठनका कारण लागू गर्न नसकेतापनि आजको निर्वाचन शान्तिपूर्ण रहेको उनको भनाई छ ।