इजिप्ट अफ्रिका कप अफ नेशन्सको फाइलनमा
एजेन्सी, २० माघ । इजिप्ट गाबोनमा जारी अफ्रिका कप अफ नेशन्सको फाइलनमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ४–३ ले हराउँदै इजिप्टले फाइनलमा स्थान बनाएको हो ।
निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णाय टाइब्रेकरबाट लिइएको हो । ६६ औं मिनेटमा सालहको गोलबाट इजिप्टले अग्रता लियो । तर ७३ औं मिनेटमा बुर्किना फासोका लागि बान्सेले बराबरी गोल गरे । टाइब्रेकरमा इजिप्टलाई जिताउन ४४ वर्षका गोलरक्षक एसाम एल हाडरी नायक बने । उनले बुकिर्ना फासोका दुई पेनाल्टी प्रहार जोगाएर टिमलाई ४–३ को जित दिलाए ।
इजिप्टले उपाधिका लागि क्यामरुन र घानाबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६