ग्यासको मूल्य बढ्यो
काठमाडौं, २० माघ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । गएराति १२ बजे देखि लागू हुने गरी निगमले खाना पकाउने एलपी ग्यासमा २५ रुपैया ले मूल्य बढाएको हो । मूल्य बढेसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पुगेको छ । यसअघि, ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ रहेको थियो ।
भारतीय आयल कर्पोरेसन आइओसीले फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार निगमलाई ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको दाबी गरिएको छ । मूल्य बढाउदा पनि निगमलाई प्रतिसिलिन्डर अझै एक सय ६२ रुपैया घाटा रहेको निगमका प्रवक्रा भानुभक्त खनालले बताए ।
अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले गत पुस पहिलो साता पेट्रोल, डिजेल, र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसाको दरले मूल्य बढाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०