आज निर्वाचन सम्बन्धी थप विधेयक पारित हुने

भक्तपुर न्यूज

२० माघ २०७३ ४:५५

आज निर्वाचन सम्बन्धी थप विधेयक पारित हुने

काठमाडौं, २० माघ । व्यस्थापिका संसदबाट आज निर्वाचन सम्बन्धी थप विधेयक पारित गर्दैछ । राज्य व्यवस्था परामर्श समितिले प्रतिवेदन सहित हिजो सदनमा पेश गरेको विधेयक आज छलफलपछि पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
समिति सभापति दिलबहादुर घर्तीले विधेयकमाथिको दफाबार छलफलका क्रममा प्राप्त सुझाव र सहमतिलाई समेटेर प्रतिवेदन हिजोको बैठकमा पेश गर्नुभएको थियो । दिउँसो १ बजेपछि बस्ने बैठकले विधेयकमाथि सामन्य छलफलपछि पारित गर्ने कार्यसुची छ ।
यो सँगै संसदले निर्वाचन सम्बन्धी चार वटा विधेयककलाई अन्तिम टुङ्गो लगाउनेछ । राजनितिक दल सम्बन्धी विधेयक भने राज्य व्यवस्था समितिमै छलफलका क्रममा रहेको छ ।
समितिको आज बस्ने बैठकले उक्त विधेयकमा रहेको थ्रेसहोल्ड सम्बन्धी विवादमा सहमति जुटाई टुङ्गोमा पुरयाउने प्रयास गरिने समिति सचिवालयले जनाएको छ । यद्यपी बैठकको समय भने निर्धारण गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *